माधव नारायण प्रदेश यात्रा
February 16, 2022

मिति २०७८ माघ १७ गते सोमबार माधव नारायण प्रदेश यात्रा अन्तर्गत साखु शालिनदीबाट श्री भगवान माधव नारायण तथा ब्रतालु भक्तजनहरुको पशुपतिनाथमा आगमन भयो। देवता, शाम्वा र दिदिबहिनीहरु महास्नान घरमा बसेर भोलि सानो गौचरनहुदै यात्रा अगाडि यात्रा बढ्नुहुने हुदा आज भब्य र सव्य को साथ स्वागत गरियो।