Bagmati

Province BTC PTC 2079

नेपाल स्काउट प्रदेश  स्काउट कार्यालय बागमतीको आयोजनामा ४९८औ र ४९९औ बि टी सि र ३६५ औ आधारभुत स्काउट तालीम सम्पन्न भएको छ। बागमती प्रदेश  भित्रका बिभिन्न  बिद्यालयहरु तथा  स्थानीय पालिकाका संयोजकहरुको सहभागि हुने गरी तालीम सम्पन्न भएको छ। अषाढ १० गते बाट शुरु भएको तालिम अषाढ १५ गते सम्मन चलेको थियो। उक्त तालिम हेटौडा ६, गौरिटार रंगासाल स्थित प्रदेश खेलकुद परिषदको सहयोगमा संचालन भएको थियो जस्मा ७४ जना सहभागि रहेका थिय | तालिमको कोर्स लिडर श्री बेली थापा, श्री जनार्धन ढकाल र श्री शिव कुमार त्वयना रहनु भएको थियो | तालिमको उद्घाटन प्रदेश खेलकुदका सदश्य सचिब श्री सुर्य बहादुर भण्डारीज्यु बाट भएको थियो |

तालिमको अन्तिम दिन अषाढ १५ गते बागमती प्रदेश स्काउटका सम्रक्ष्यक् तथा बागमती प्रदेशको मुख्य मन्त्रि माननीय श्री राजेन्द्र पाण्डे ज्यु र बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रि माननीय श्री रत्न प्रशाद ढकाल ज्युहरुको दिक्षान्त तथा गोपनियताको सपथ नेपाल स्काउटको राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी ज्युले गराउनु भएको थियो | उक्त समापन समारोह मा बागमती प्रदेशका मुख्य मन्त्रि श्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका खेलकुद मन्त्रि श्री रत्न प्रशाद ढकाल, नेपाल स्काउट राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी, बागमती प्रदेश संयोजक श्री शिवराम अर्याल, बागमती प्रदेश खेलकुद विकास परिसरका सदश्य सचिब श्री सुर्य बहादुर भण्डारी, बागमती प्रदेशका पुर्ब संयोजक श्री केश रत्न बज्राचार्य तथा अन्य स्काउटरहरुको सहभागीता रहेको थियो |