Bagmati

शालिनदी सेवा क्याम्प २०७८

माघ ३ गते देखि २०७८ फाल्गुन ४ गते सम्म विशेष दिनहरु र बिदाको दिनहरुमा शंखरापुर नगरको सकवा कृयुको रोबर / रेन्जर स्काउट तथा स्थानीय समितिका सदश्यहरु लगायतका स्व सेवा क्याम्पमा सहभागि भएको थियो | यस क्याम्प अन्तर्गत मेलामा आएका भक्तजनहरुलाई लाइन व्यवस्थापन, मास्क तथा सेनिटाइजर वितरण र माधवनारायण तथा ब्रतालु परदेश यात्रा जाने क्रममा पथ प्रदर्शक यात्रा ब्रतालुहरुलाई केही समस्या पर्दा प्रधमिक उपचार र हिड्न नसक्ने ब्रतालुहरुलाई स्टेचर मार्फत बोकेर सहयोग गर्ने गरेका छन् | साथै मेला सके लगतै जेसिजको आयोजना गरेको शालिनदी सरसफाई कार्यक्रममा पनि यस क्रयु सहभागि भएका थिय |

जम्मा परिचालित स्वयंसेवक -> ४०० जना रोबर / रेन्जर स्काउट