Bagmati

३ दिन २ रात प्रथम बागमती गाउँपालिका स्काउट फ्रेन्डसिप क्याम्प

नेपाल स्काउट बागमती प्रदेश स्काउट बागमती गाउँपालिका वडा नं. १ माझगाउँ मकवानपुर पूर्वी भेगमा रहेको सूर्य मा.वि. सूर्य स्काउट द्वारा आयोजित वडा पालिकाको समन्वयमा ३ दिन २ रात प्रथम बागमती गाउँपालिका स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न भएको छ । सूर्य स्काउट आयोजित क्याम्पमा ५ वटा ट्रुपको सहभागिता रहेको थियो । यस क्याम्प सञ्चालनको लागि बागमती गाउँपालिका द्वारा आर्थिक सहयोग उपलब्ध भएको थियो । सूर्य मा.वि. सूर्य स्काउट द्वारा आयोजित क्याम्पमा छात्रा ८२ र छात्र ८४ जना गरी १६६ जनास्काउट विद्यार्थीहरुको सहभागीता थियो । क्याम्पलाई व्यवस्थित बनाउनको लागि ३१ ज्ना रोभर÷रेन्जर स्काउटको सहभागीता थियो । ३ दिन २ रात स्काउट क्याम्पमा विभिन्न शीर्षकमा प्रतियोगिता भएको थियो । प्रतियोगिता अन्तर्गत नृत्य, डोरीको गाँठो, हाजिरी जवाफ र मार्चपास थियो भने साहसिक क्रियाकलाप अन्तर्गत सुपरम्यान, ओमेगा जम्प, टनेल, वाक इन्द बम्बो, टच द टार्गेट, टायर क्रसिङ्ग, टायर चिम्नी, मङ्की बृज, बिम क्लाइबिङ्ग, कमान्डो बृज रहेको थियो । उक्त क्याम्पमा क्याम्प चिफ सूर्य मा.वि.का प्र.अ.तथा स्काउट ट्रुपको अध्यक्ष श्री रत्न बहादुर राई , क्याम्प संयोजक ट्रुपका स्काउटर तथा सूर्य मा.वि. का शिक्षक राजकुमार राई, क्याम्प निर्देशक ललितपुरका स्काउटका स्काउटर नरेश अवाले, व्यायन क्याम्प चिफ जोन पहाडी, गल्र्स क्याम्प चिफ सुमित्रा लामा, समारोह संयोजक निशा गौतम, साहसिक क्रियाकलाप संयोजक अनिल आचार्य र स्वयम् सेवक परिचालक सूचना पन्थको महत्वपूर्ण भूमिकम रहेको थियो । यस क्याम्पको उद्घाटन सत्रमा क्याम्प चिफ सूर्य मा.वि.का प्र.अ.तथा स्काउट ट्रुपको अध्यक्ष श्री रत्न बहादुर राईको सभापतित्वमा, प्रमुख अतिथि १ नं. वडा पालिका अध्यक्ष श्री ठगेन्द्र वाईवा, विशिष्ट अतिथिमा बागमती प्रदेश स्काउट समिति सदस्य श्री महेन्द्र राना मगर अन्य अतिथिहरुमा पालिकाको शिक्षा शाखा अधिकृत, विद्यालयका प्र.अ. ज्युहरु, वडा पालिका अध्यक्ष ज्युहरु, संघसंस्थाका प्रतिनिधी ज्युहरु, स्काउट शिक्षकहरु त्था अन्य प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त क्याम्पमा वडा अध्यक्ष ज्युबाट स्काउटको कार्यक्रम उदाहरणीय भएको र स्काउटलाई आईपर्ने समस्या र बाँकी कार्यक्रममा वडाले पूर्ण रुपमा सहयोग गर्ने कुरा बताउनु भयो ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष श्री सर्केस घलान ज्यू, विशिष्ट अतिथि बागमती प्रदेश स्काउट समिति सदस्य अशोक सारु मगर, अतिथिहरुमा वि.व्य.स. अध्यक्ष श्री डोर बहादुर थापा, विद्यालयका प्र.अ. ज्युहरु, वडा पालिका अध्यक्ष ज्युहरु, संघसंस्थाका प्रतिनिधी ज्युहरु, स्काउट शिक्षकहरु त्था अन्य प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गा.पा. अध्यक्ष श्री सर्केस घलान ज्यूले सबै विद्यालयहरुमा स्काउट शिक्षा आवश्यकता रहेको र गाउँपालिकामा स्काउटको विकास गर्नको लागि चाहिने सम्पूर्ण सहयोग गर्ने कुरा पनि बताउनु भयो । कार्यक्रको उद्घोषक पूर्व प्र.अ. प्रमोद कुमार राईले गर्नु भएको थियो । स्थानिय स्काउट कार्यालय ललितपुर महानगरद्वारा क्याम्पिङ्ग समय भरिको लागि टेण्ट सहयोग भएको थियो ।
#NepalScouts
#BagmatiProvince
#SuryaScoutsFriendshipCamp
#First #BagmatiRuralMunicipality #FriendshipCamp