Bagmati

Founders Day Celebration

स्काउटका जन्मदाता रोबर्ट स्टेफेन्सन स्मिथ बेडेन पावेल र ओलेभ बेडेन पावेलको जन्म दिनको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा यही २०७८ फागुन ६ गते शुक्रवारका दिन सूर्यविनायक नगरपालिकाको आशापुरेश्वरमा सरसफाई कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा नगरपालिका भित्रका ८० जना स्काउटहरुको सहभागितामा हाईकिङ कार्यक्रम गरी मन्दिरमा पुगी सरसफाईका साथै सो क्षेत्रको बारेमा स्काउटहरुलाई जानकारी सहित गराईयो ।
साथै सोही अवसर पारी फागुन ७ गते शनिवारका दिन सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थीत श्री ज्योती माविमा संचालित स्काउट विद्यार्थीहरुको लागि पहिलो चरणको स्काउट युनिफर्म वितरण कार्यक्रम पनि सम्पन्न भएकोछ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये स्काउटमा ८० जना विद्यार्थीहरु रहेकोमा हाल १० जनालाई स्काउट पोशाक वितरण गरिएको हो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख एवं नगर संरक्षक बासुदेव थापाको प्रमुख आतिथ्यतामा, वडा नं.७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, सूर्यविनायक नगरपालिका स्काउट संयोजक संयोजक शिब वmुमार त्वाय्ना, विद्यालयका प्रधानाध्यापक कृष्ण न्हेमाफुकी ज्यूहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ज्यूले पहिलो चरणमा १० जनालाई मात्र स्काउट पोशाक वितरण गरिएको र अब चाँडै नै सम्पूर्ण स्काउटहरुलाई पोशाक तयार गरी उपलव्ध गराउनुकासाथै सूर्यविनायक नगरपालिकामा अब स्काउटको विस्तार गर्न लागि रहेको र निकट भविश्यमा स्काउटलिडरहरुको पनि तालिम चलाउने कार्यक्रम रहेको जानकारी दिनु भयो । वडा अध्यक्ष ज्यूले सूर्यविनायक नगरपालिका मै पहिलो पटक त्यस विद्यालयमा स्काउट पोशाक वितरण गरिएकोले सूर्यविनायक नगरपालिका र विद्यालयमा नमूनाको रुपमा स्काउट संचालन गरी अगाडी बढ्नु पर्ने बताउनु भयो ।