Bagmati

महाशिवरात्री मेला २०७८ तयारी बैठक

नेपाल स्काउट बागमती प्रदेशको अग्रसरतामा आज मिति २०७८ फाल्गुण ८ गते नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालय लैनचौरमा महाशिवरात्री मेला २०७८ तयारी बैठक सम्पन्न भएको छ।
बागमती प्रदेश संयोजक श्री केशरत्न बज्राचार्यज्यूको अध्यक्षतामा बसेको उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीज्युले मेला व्यवस्थापनमा नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।