Bagmati

चाँगुनारायण नगरपालिकामा वि.टी.सी/पी.टी.सी तालिम सम्पन्न

चाँगुनारायण नगरपालिका भक्तपुरमा फागुन २९ गते देखि सुरु भएकाे ४७७ औँ वि. टी .सी र ३४९ औँ पी.टी. सी स्काउट तालिम चैत ४ गते सम्पन्न भएकाे छ। उक्त तालिममा, ४०(२० पुरुष/२० महिला) जनाको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक वहादुर भण्डारीले सभ्य समाज निर्माण गर्न र युवाहरुकाे संरक्षण गर्न लागि आधारभूत स्काउट तालिमकाे आवश्यक रहेकाे बताउनु भयो।

देशकाे सम्माननिय प्रधानमन्त्री स्काउटकाे संरक्षक हुने,युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट र मुख्य मन्त्री संरक्षण र सामाजिक मन्त्री युवा मन्त्री प्रदेशमा प्रमुख स्काउट हुने व्यवस्था रहेकाे जानकारी दिनुभयाे। स्थानीय तह सम्म स्काउटको संरक्षक,प्रमुख,स्काउट हुने वताए। चागुनारायण नगरपालिकामा अब प्रत्येक विघालयमा बालबालिका,युवा युवती,िकशाेर किशाेरीहरुकाे विकासकाे निम्ति स्काउट शिक्षाकाे अति आवश्यक रहेकाेले अबका दिनमा चागुनारायण नगरमा स्काउट तिब्र गितमा सुरुहुने प्रतिवद्वता जनाउनु भयो।

चागुनारायण नगरपालिकाका मेयर साेम प्रसाद मिश्रले तालिममा सहभागी सबैलाई बधाई तथा शुभकामना दिदै अबका दिनमा चागुनारायण नगरपालिकाका प्रत्येक विघालयमा स्काउट संचालन हुने र अरु नगरपालिकाहरु मध्ये चागुनारायण नगर प्रथम नगरपालिका रहने स्काउट विस्तारका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो।

बागमती प्रदेश सल्लाकार राम गाेपाल कर्माचार्यले घर वनाउदा डिपिसि गरिन्छ र त्याे डिपिसि राम्रो भयाे भने घर बलियाे हुन्छ। त्यसैगरी मानिसकाे जिवनमा पनि डिपिसि जस्तै स्काउटको वि.टि.सि र पि.टि.सि तालिम आवस्यकता रहेकाे बताउनुभयो ।

कार्यक्रममा सभापति चागुनारायण नगरपालिकाका मेयर साेम प्रसाद मिश्र, उप मेयर , प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक वहादुर भण्डारी , चागुनारायण नगर उप मेयर विना बास्तोला ,बागमती प्रदेशका संयाेजक केश रत्न बजाचार्य,बागमती प्रदेशका सल्लाकार राम गाेपाल कर्माचार्य ,भक्त राज भण्डारी , स्थानीय शिक्षा शाखा प्रमुख वीर वहादुर खड्का, साे तालिमका व्यइज काेर्षका काेर्ष िलडर अच्युत प्रजापति,गल्स काेर्षका काेर्ष लिडर चन्द्र कान्ता प्रजापति,चागुनारायण नगरका स्थानीय तदर्थ समितिका संयाेजक उमेश प्रसाद सिहं,सूर्यविनायक नगर स्थानीय तदर्थ समितिका संयाेजक शिव कुमार त्वायना,भक्तपुर नगर स्थानीय समितिका संयोजक कृष्ण सुन्दर प्रजापति टाेखा नगर स्थानीय समितिका संयाेजक नवीन श्रेष्ठ लगायत प्रशिक्षर्थी तथा स्कुल शिक्षकहरुकाे उपस्थित रहेकाे थियाे।