Bagmati

BTC PTC Kathmandu Metropolitian 2079

२०७९ जेठ १८ गते काठमाडौ महानगरपालिका शिक्षा बिभागको आयोजना र नेपाल स्काउट,बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित स्काउट आधारभूत तालिम (४८८औ ४८९औ बि टि सी र ३५७औ ३५८औ स्काउट पि टि सी) तालिम २०७९ जेठ १८ गतेदेखि २०७९ जेठ २३ सम्म नेपाल स्काउट अन्तराष्ट्रिय स्काउट केन्द्र,ककनी नुवाकोटमा सञ्चालन भइरहेको छ । सो तालिमको उदघाट्न समारोहका प्रमुख अतिथि बागमती प्रदेशका संयोजक श्री शिवराम अर्याल र काठमाडौ महानगरपालिका स्थानीय स्काउट संयोजक बिमला श्रेष्ठद्धारा सयुक्त रुपमा झण्डोत्तोलन गरि तालिमको उद्घाटन गर्नुभएको थियो , सो तालिममा काठमाडौ महानगरपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयका ८९ जना शिक्षक र शिक्षिकाहरुको सहभागिता रहेको छ उक्त पहिलो दिनको तालिम उद्घाटन समारोहमा शिक्षा बिभागका प्रमुख एवम् स्थानीय स्काउट कार्यालयका सदस्य सचिव श्री राम प्रसाद सुवेदी ज्यू ले तालिमको सहभागितालाई सफलताको शुभकामना ब्यक्त गर्नु हुदै स्काउटको संगठनात्मक बिकासको लागि शिक्षा बिभाग काठमाडौ महानगरपालिकाको तर्फबाट यथेष्ठ सहयोग रहिरहने छ भन्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो तालिममा चारवटा कोर्ष सञ्चालन भइरहेको छ तालिमका कोर्ष लिडरहरु क्रमश बिमला श्रेष्ठ,लिला श्रेष्ठ,सुरज खनाल र कृष्ण चालिसे रहनु भएको छ ।