Bagmati

बि टि सी पी टि सी तालिम सम्पन्न (ललितपुर)

नेपाल स्कउट, स्थानीय स्काउट कार्यालय, ललितपुर महानगरपालिकाको आयोजनामा ६ वटै पालिकाबाट जम्मा ९४ जना सहभागि सहित मिति २०७८ १२ १७ देखि २०७८ १२ २२ सम्म ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोटमा ५ रात ६ दिने स्काउट आधारभुत तालिम पुरुष तर्फ ४८० औं र ४८१ महिला तर्फ ३५२ र ३५३ औं कोर्ष संचालन भयो। उक्त तालिममा ४८० औं का कोर्ष लिडर श्री सत्य नारायण साही ४८१ औैं का कोर्ष लिडर श्री शरण मर्हजन र ३५२ औं तर्फका कोर्ष लिडर श्री बिजयश्वरी अमात्य र ३५३ औं का कोर्ष लिडर श्री शुशिला कुमारी बिष्ठ थिए। बि टि सि तर्फ काउन्सिलरहरु श्री पपिन्द्रमान सिं, श्री नरेश अवाले, श्री सुरोज मर्हजन, श्री जुलन लामा श्री नेमा सिं लामा र श्री रबिन मर्हजन थिए भने पि टि सि तर्फ श्री सबुता मर्हजन, श्री रोजिना साही, श्री सोनाम शाक्य, श्री शान्ती कुमारी मर्हजन र श्री बिष्णु देवी मर्हजन थिए। त्यस्तै कार्यक्रमको ब्यबस्थापनमा श्री बिकेन्द्र मर्हजन, क्वाटर मास्टरमा श्री रेशम लामा थिए।

बागमती प्रदेश संयोजक श्री केशरत्न बज्राचार्यज्युबाट भएको समापन कार्यक्रममा प्रदेश सदस्य श्री शिवराम अर्याल, महानगरपालिकाका निमित्त संयोजक श्री श्याम कुमार मर्हजन र सम्पुर्ण कार्यसमिति तथा पालिका प्रतिनिधिहरुको उपस्थितिमा भएको थियो।