Bagmati

स्काउट हिरो, खेलाडी सम्मान तथा कोभिड १९ स्वयम्सेवक पदक वितरण समारोह

नेपाल स्काउट युवा तथा बालवालिकाको क्षेत्रमा निरन्तर काम गर्ने संस्था हो। बालवालिकालाई जिवनोपयोगी शिक्षा दिदै अनौपचारिक रुपमा स्वस्थ, अनुशासित, असल नागरिक बनाउने संस्थामात्र नभइ समग्र युवालाई राष्ट्र निर्माण, विपद व्यवस्थापन, समाजमा जनचेतना फैलाउने, सेवा प्रदान गर्दै बिश्वभरका युवा माझ नेतृत्वदायी भुमिका निभाउने बिशुद्ध शैक्षिक अभियान पनि हो ।

यसै संर्दभमा ललितपुर महानगरपालिकाभित्रका स्काउटि∙को माध्यमबाट राष्ट्रिय तथा अन्तर्रािष्र्ट्रय स्तरमा बिकाश तथा प्रर्वद्धनमा बिशिष्ट योगदान पुर्‍याउने स्काउटर र खेलाडीलाई ललितपुर महानगरपालिकाको कार्यालय बाट सम्मान कार्यक्रम गर्दा स्काउट जस्तो स्वयम्सेवी संस्थाका युवाहरु लाई थप हौसला र काम गर्न उत्प्रेरणा मिल्ने बिश्वास छ। ललितपुर महानगरपालिका भित्रका राष्ट्रिय तथा अन्तर्रािष्र्ट्रय स्तरमा आनो र महानगरको परिचय दिने निम्न उल्लेखित महानुभावहरु लाई सम्मान गर्नु गौरवको बिषय पनि हो।

यहि २०७९ असार ३० गते स्थानीय स्काउट कार्यालय ललितपुर महानगरपालिका ललितपुरको स्काउट परिसरमा ललितपुर महानगरपालिकाभित्रका स्काउटि∙को माध्यमबाट राष्ट्रिय तथा अन्तर्रािष्र्ट्रय स्तरमा बिकाश तथा प्रर्वद्धनमा बिशिष्ट योगदान पुर्‍याउने स्काउटर ःइए ज्भचय ब्धबचम बिजेता श्री सबिन कृष्ण कर्माचार्य, देवराज धिमिरे ऋजबष्चmबल या भ्मगअबतष्यलब िःभतजयमक कगद(अयmmष्ततभभ या ब्एच् ध्इक्ः, प्रकाश राज पाण्डे ःयगलतबष्लभभच बलम थयगलन ष्लागिभलअष्लन कअयगतभच, प्रिन्स दाहाल ज्ञकत च्बलपष्लन ष्ल धयचमि mबभि वगलष्यच दबमmष्लतयल र रसिला महर्जन ज्ञढकत च्बलपष्लन ष्ल धयचमि ाझबभि वगलष्यच दबमmष्लतयल खेलाडीलाई एक समारोह बिच सम्मान गरियो ।

समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिका उप प्रमुख श्री मञ्जली शाक्य (आस्था), बिशिष्ट अतिथि ललितपुर महानगरपालिका पुर्व उप प्रमुख श्री गिता सत्याल, बिशिष्ट अतिथि नेपाल स्काउटका सहायक निर्देशक श्री रविराज पौडेल, बाग्मती प्रदेश स्काउट संयोजक श्री शिवराम अर्याल, बाग्मती प्रदेश स्काउट सदस्य श्री विजयश्वरी अमात्य, बाग्मती प्रदेश स्काउट सदस्य श्री शरण महर्जन, स्थानीय स्काउट समितिका संयोजक श्री गोपाल महर्जन लगाएत सम्पूणर् पदाधिकारी लगाएत स्काउट रोभर रेञ्जरहरुको उपस्थितिमा कार्यक्रम समापन भएको थियो।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका उप प्रमुख श्री मञ्जली शाक्य (आस्था) ले स्काउटि∙ बिकाश र प्रवर्धनमा महानगरपालिका सधैं लागिरहने र हालैको महानगरपालिकाको नगरसभामा समेत स्काउटलाई समेटिनु प्रमाण भएको बताउदै आगामी दिनमा पनि स्काउटलाई बिशेष सहयोग हुने प्रतिबद्धता व्यक्त गनुभयो ।

त्यस्तै बाग्मती प्रदेश स्काउट संयोजक श्री शिवराम अर्यालले स्काउटको बिकाशमा स्काउट मास्टरहरुको योगदानको कदर गर्दै यो कार्यक्रमको प्रशंसा गर्नुभयो । यस्ता प्रतिभामान व्यक्तित्वलाई सम्मान गर्दा स्काउटि∙को बिकाश तथा बिस्तार हुनेमा बिश्वस्त हुने भन्दै आयोजकलाइ बधाई दिनुभयो । कार्यक्रममा सम्मानित भएपछिको आफ्नो भनाई राख्दै यो सम्मानले आफुमा थप उर्जा प्राप्त भएको र अझै स्काउटको माध्यमबाट युवा तथा वालबालिकाका लागि सदैव लाग्ने प्रेरणा प्राप्त भएको बताउनुभयो । नेपाल स्काउटका सहायक निर्देशक श्री रविराज पौडेलले स्थानीय स्तरमा स्काउटको बिकाश प्रबर्धनमा रा. प्र. काले सबै खाले सहयोग गर्दै आएको र निरन्तर सहयोग सहकार्य गर्दै अगाडि बढने बिश्बास व्यक्त गर्नुभयो। कार्यक्रमामा कोभिड १९ को महामारीमा अहोरात्र खटिनुभएका ललितपुर महानगरपालिका भित्रको १५० जना स्काउट स्यम्सेवकहरुलाई नेपाल स्काउट रा. प्र.काको निणर्य बमोजिम कोभिड १९ स्यम्सेवक पदक बितरणको कार्यक्रम पनि भएको थियो। कार्यक्रममा पदक वितरण गर्दै ललितपुर महानगरपालिका पुर्व उप प्रमुख श्री गिता सत्यालले स्थानीय स्काउट कार्यालयको यो कार्यक्रमले समग्र युवा तथा खेलाडिलाई सम्मान हौसला प्रदान गरेको बताउनुभयो । ललितपुर महानगरपालिकाले बिगतमा पनि स्काउट सगँ सहकार्य गरि काम गरिरहेका र अहिले पनि विपद व्यवस्थापन लगाएतका काममा हातेमालो गर्दै अगाढि बढेको बताउनुभयो ।सम्मानित हुने सम्पुणर् स्काउटर तथा खेलाडिलाई बधाई दिदै स्थानीय स्काउट कार्यालयका संयोजक श्री गोपाल महर्जनले सम्पूणर् अतिथि लाई मायाको चिनो प्रदान गर्नुभयो र कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रममा २०० जना भन्दा बढि महानुभावहरुको उपस्थिति रहेको थियो ।