News

Scout Advance at Hetauda

1July, 2023

Nepal Scouts, Bagmati Province Headquarters organized Boys and Girls Scout Advance Training at Hetauda from 2080, Ashad 7 to 13. There were 40 Participants from Bagmati Province, 22 Boys and 18 Girls. The Course Leader for boys was LT. Mr. Krishna Chalisey, for girls LT. Mrs. Lila Shrestha and Course director was LT. Suraj Khanal. The Training was supported by ALT Pramod Sigdel, ALT Ashok Kumar Thapa Magar, ALT Ashmita Shrestha, Scouter Dinesh Pandey, Scouter Buddi Gurung, Scouter Ganga Sapkota, Scouter Laxmi Thapa, Scouter Rajkumar Rai, Scouter Mahendra Rana, Scouter Sumitra Lama, Scouter Nisha Gautam, Scouter Roman Shrestha and supported by office Staffs.  

Pioneering and Gadgets competition

21December, 2022

On 16th December 2022 Friday, Pioneering and Gadgets competition was organized by the YESS Alumnae Miss Rosy Tamang, Miss Subista Dhwoju and Miss Puranjani Duwal under “Back to my Root Campaign” in Nepal Scouts National Headquarter, Lainchaur. The competition feature 11 groups with 5 members in each group from various crews from Kathmandu, Lalitpur and Bhaktapur district. This program was successfully conducted with the propose of setting up library in national headquarter of Nepal Scout under the project of “Sustainable Public Library”.

Back to my Root Campaign is run by YESS Alumnae after they returned back from host country. The program is a part of the YESS Girls Movement Programme of WAGGGS as a contribution for their home country and member organization.

In the competition, 1st place was secured by National Open Scouts Crew followed by Pratibimba Open Scout Crew and Kageshwori Open Scouts Crew on 2nd and 3rd place respectively. We would like to congratulate all the other crews and their members for their active participation and valuable contribution.

Oath Ceremony at Mahalaxmi

25November, 2022

नेपाल स्काउट बाग्मती प्रदेश स्काउटका संयोजक श्री शिवराम अर्याल ज्यु को प्रमुख अतिथीमा स्थानीय स्काउट कार्यालय ललितपुर महानगर पालिका अन्तर्गत संचालित अनल ज्योति स्काउट दलको दिक्षान्त कार्यक्रम सम्म्पन्न ।अतिथी हरु स्थानिय पालिका महालक्ष्मी नगर समितिका संयोजक मुना खनाल , दक्षिणकाली नगर समितिका सदस्य रोजिना साही जितापुर क्रीयु का स्काउटर सुरोज महर्जन को पनि उपस्तिथि रहेको थियो।

Krishna Janmaastami Camp

24August, 2022

⚜️One Day Service Camp on the occasion of Shree Krishna Janmaastami at
RadhaKrishna Mandir, Raniban,Kathmandu⚜️

Sunapati Ramechap

24August, 2022

Hike on International Youth day 2022

13August, 2022

Nepal Scouts Bagmati Province concluded programs of International youth day 2022 by conducting mega hike at capital of province, Hetauda with coordination of province youth council Bagmati. Participants of Scouts were from Hetauda Sub-Municipality, Bharatpur Metropolitan, Manhari Rural Municipality, Bagmati Rural Municipality and Kailash Rural Municipality and other organization were JCI, Rotract, Hetauda Hikers, Rehabilitation center, local youth organizations and media persons were in the Hiking program. The hike has sent positive feedback to the province that there are youths for the Nation. More than 150 participants actively participate in the Hike. The Hike started from the base mountain of Manakamana Temple Hetauda 2 and ended at Rudreshwor Temple Hetauda 5.

थाहानगरमा ६ दिने आधारभूत तालिम सम्पन्न

7August, 2022

मकवानपुर थाहानगरको झम्केश्वरी माविमा संचालित ५०५औं  बिटिसि ३६७ औं पिटिसि आधारभूत तालिमको एक समारोहका बिच २१ साउनमा समापन भएको छ । १६ साउनबाट शुरु गरिएको तालिम समापन समारोह नेपाल स्काउटका केन्द्रिय सदस्य श्री विरेन्द्र ध्वजु ज्यु को प्रमुख आतिथ्यमा भएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्काउटका केन्द्रिय सदस्य विरेन्द्र ध्वजुले ऐतिहासिक थाहानगर भित्र स्काउटको तालिम गर्न पाउँदा गर्व लागेको बताउँदै ‘एक घर, एक स्काउट’को अभियान अन्तर्गत हरेक पालिकामा आधारभुत तालिम सम्पन्न गर्ने अभियान नै संचालन भैरहेको बताए । अभियान अन्तर्गत भएको तालिम पश्चात् आफुले सिकेका कुरा आफ्नो विद्यालयमा लागू नगर्दासम्म तालिमबाट प्राप्त प्रमाणपत्रको औचित्य नहुने बताउँदै सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका महत्वपूर्ण हुने धारणा राखे । ध्वजुले स्थानीय वा विद्यालय स्तरमा स्काउट विकासका लागि नितिगत तथा प्राविधिक सहयोग चाहिय नेपाल स्काउट हरदम तयार रहेको बताए । उनले ७० वर्षको इतिहासमा बल्ल नेपाल स्काउट स्थानीय तहमा पुगेकोले अब क्रमशः बिस्तार हुनेमा आशा व्यक्त गर्नु भयो ।

तालिम समापनको अवसरमा दिक्षित भएका स्थानीय स्काउटका प्रमुख तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले स्काउटको माध्यमबाट थाहानगरमा सकारात्मक सोचको विकास हुने अपेक्षा सहित आफू दिक्षित भएपछि आफ्नो जीवनमा ठूलो जिम्मेवारी थपिएको महशुस गर्दै ६ दिनसम्म सिकेका स्काउट तालिमलाई आफ्नो विद्यालय र समाजमा लागुहुने विश्वास व्यक्त गर्नु भयो । गोपालीले स्काउटसंग सहकार्य गरेर अगाडि बढ्दै निरन्तर सहयोग भैरहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमका अतिथी तथा नेपाल स्काउट बागमती प्रदेशका सल्लाहकार केशरत्न बज्राचार्यले समाजमा आइपर्ने आपत विपदलाई सहयोग पुर्याउन स्काउट अत्यन्त आवश्यक रहेको औल्याउँदै एक विद्यालय एक युनिट, एक परिवार एक स्काउट सदस्य निर्माण गर्न तालिमले टेवा दिने बताउनु भयो ।

छ दिनसम्म तालिममा सहभागी शिक्षक भुमिराज अवस्थीले ६ दिन ५ रात एकै स्थानमा बसी स्काउटलाई बुझ्ने सुनौलो अवसर पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय स्काउट तथा प्रशिक्षकलाई धन्यवाद दिदै स्काउट गतिविधिमा सँधै समर्पित रही नगर भित्र स्काउट गतिविधिलाई प्रोत्साहन गर्न तत्पर रहिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

तालिममा अर्का सहभागी शसिकला काफ्लेले आफुहरुमा अनुशासन र मर्यादा तथा देशभक्त बन्न यो तालिमले मद्दत गरेको बताउँदै आफुले अध्यापन गर्ने विद्यालयमा सिकेको कुरा व्यवहारमा लागू गर्ने बताइन् ।५०५ औं बिटिसि कोर्ष लिडर प्रमोद सिग्देलले जीवन उपयोगी शिक्षा स्काउटको माध्यमबाट सिकाउन पाउँदा खुसी व्यक्त गर्दै तालिममा सिकेको सीप आआफ्नो विद्यालयमा गएर विद्यार्थी भाइबहिनीलाई सिकाउनेमा विश्वास व्यक्त गर्नु भयो ।

तालिममा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा थाहानगरका स्थानीय संयोजक श्री  गणेशमान श्रेष्ठ ज्युले स्काउटप्रति स्थानीय विद्यालयको सद्भाभ तथा जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थाहानगरले स्काउटको संस्थागत विकासमा गरेको सहयोगप्रति पनि खुशी व्यक्त गरे र व्यक्तित्व विकासको निम्ति सहयोग रहिरहने बताए । थाहानगरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा थाहा नगरपालिकाका १९ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका शिक्षकहरु, स्थानीय स्काउट समिति र समुदायबाट गरी ६४ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये महिला र पुरुषको संख्याा आधा–आधा रहेको तालिममा चितवनका दुई जनाको सहभागिता रहेको थियो भने छिमेकी पालिका कैलाश, मनहरी र इन्द्रसरोवरका स्थानीय स्काउटका प्रतिनिधि सहभागीता रहेको थियो ।

तालिममा पुरुषतर्फका कोर्ष लिडर प्रमोद सिग्देल र महिला तर्फका कोर्ष लिडर मुना तामाङ लामाले प्रशिक्षण दिनु भएको थियो भने अशोक सारु मगरले प्रशिक्षणमा सघाएका थिए । त्यसैगरी यसअघि आधारभूत तालिम लिइसकेका ८ जना काउन्सिलरहरु पनि सहजीकरणमा खटिएका थिए ।

 

स्थानीय स्काउट थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नेपाल स्काउटका बागमती प्रदेश सल्लाहकार केशरत्न बज्राचार्य, थाहानगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल, पालुङ जेसीजका अध्यक्ष जयराम खत्री, प्याव्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ मोर्डन स्कुलका संचालक मनोज रायमाझी, झम्केश्वरी माविका प्रधानाध्यापक उद्धव आचार्य, जनकल्याण माविका सहायक प्रधानाध्यापक कृष्ण बहादुर विष्ट, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, बज्रवाराही माविका प्रधानाध्यापक रमेशमान डंगोल, इन्द्रायायणी माविका प्रधानाध्यापक नारायण बहादुर कार्कीलगायतका उपस्तिथि रहेको थियो ।

स्काउट हिरो, खेलाडी सम्मान तथा कोभिड १९ स्वयम्सेवक पदक वितरण समारोह

14July, 2022

नेपाल स्काउट युवा तथा बालवालिकाको क्षेत्रमा निरन्तर काम गर्ने संस्था हो। बालवालिकालाई जिवनोपयोगी शिक्षा दिदै अनौपचारिक रुपमा स्वस्थ, अनुशासित, असल नागरिक बनाउने संस्थामात्र नभइ समग्र युवालाई राष्ट्र निर्माण, विपद व्यवस्थापन, समाजमा जनचेतना फैलाउने, सेवा प्रदान गर्दै बिश्वभरका युवा माझ नेतृत्वदायी भुमिका निभाउने बिशुद्ध शैक्षिक अभियान पनि हो ।

यसै संर्दभमा ललितपुर महानगरपालिकाभित्रका स्काउटि∙को माध्यमबाट राष्ट्रिय तथा अन्तर्रािष्र्ट्रय स्तरमा बिकाश तथा प्रर्वद्धनमा बिशिष्ट योगदान पुर्‍याउने स्काउटर र खेलाडीलाई ललितपुर महानगरपालिकाको कार्यालय बाट सम्मान कार्यक्रम गर्दा स्काउट जस्तो स्वयम्सेवी संस्थाका युवाहरु लाई थप हौसला र काम गर्न उत्प्रेरणा मिल्ने बिश्वास छ। ललितपुर महानगरपालिका भित्रका राष्ट्रिय तथा अन्तर्रािष्र्ट्रय स्तरमा आनो र महानगरको परिचय दिने निम्न उल्लेखित महानुभावहरु लाई सम्मान गर्नु गौरवको बिषय पनि हो।

यहि २०७९ असार ३० गते स्थानीय स्काउट कार्यालय ललितपुर महानगरपालिका ललितपुरको स्काउट परिसरमा ललितपुर महानगरपालिकाभित्रका स्काउटि∙को माध्यमबाट राष्ट्रिय तथा अन्तर्रािष्र्ट्रय स्तरमा बिकाश तथा प्रर्वद्धनमा बिशिष्ट योगदान पुर्‍याउने स्काउटर ःइए ज्भचय ब्धबचम बिजेता श्री सबिन कृष्ण कर्माचार्य, देवराज धिमिरे ऋजबष्चmबल या भ्मगअबतष्यलब िःभतजयमक कगद(अयmmष्ततभभ या ब्एच् ध्इक्ः, प्रकाश राज पाण्डे ःयगलतबष्लभभच बलम थयगलन ष्लागिभलअष्लन कअयगतभच, प्रिन्स दाहाल ज्ञकत च्बलपष्लन ष्ल धयचमि mबभि वगलष्यच दबमmष्लतयल र रसिला महर्जन ज्ञढकत च्बलपष्लन ष्ल धयचमि ाझबभि वगलष्यच दबमmष्लतयल खेलाडीलाई एक समारोह बिच सम्मान गरियो ।

समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिका उप प्रमुख श्री मञ्जली शाक्य (आस्था), बिशिष्ट अतिथि ललितपुर महानगरपालिका पुर्व उप प्रमुख श्री गिता सत्याल, बिशिष्ट अतिथि नेपाल स्काउटका सहायक निर्देशक श्री रविराज पौडेल, बाग्मती प्रदेश स्काउट संयोजक श्री शिवराम अर्याल, बाग्मती प्रदेश स्काउट सदस्य श्री विजयश्वरी अमात्य, बाग्मती प्रदेश स्काउट सदस्य श्री शरण महर्जन, स्थानीय स्काउट समितिका संयोजक श्री गोपाल महर्जन लगाएत सम्पूणर् पदाधिकारी लगाएत स्काउट रोभर रेञ्जरहरुको उपस्थितिमा कार्यक्रम समापन भएको थियो।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका उप प्रमुख श्री मञ्जली शाक्य (आस्था) ले स्काउटि∙ बिकाश र प्रवर्धनमा महानगरपालिका सधैं लागिरहने र हालैको महानगरपालिकाको नगरसभामा समेत स्काउटलाई समेटिनु प्रमाण भएको बताउदै आगामी दिनमा पनि स्काउटलाई बिशेष सहयोग हुने प्रतिबद्धता व्यक्त गनुभयो ।

त्यस्तै बाग्मती प्रदेश स्काउट संयोजक श्री शिवराम अर्यालले स्काउटको बिकाशमा स्काउट मास्टरहरुको योगदानको कदर गर्दै यो कार्यक्रमको प्रशंसा गर्नुभयो । यस्ता प्रतिभामान व्यक्तित्वलाई सम्मान गर्दा स्काउटि∙को बिकाश तथा बिस्तार हुनेमा बिश्वस्त हुने भन्दै आयोजकलाइ बधाई दिनुभयो । कार्यक्रममा सम्मानित भएपछिको आफ्नो भनाई राख्दै यो सम्मानले आफुमा थप उर्जा प्राप्त भएको र अझै स्काउटको माध्यमबाट युवा तथा वालबालिकाका लागि सदैव लाग्ने प्रेरणा प्राप्त भएको बताउनुभयो । नेपाल स्काउटका सहायक निर्देशक श्री रविराज पौडेलले स्थानीय स्तरमा स्काउटको बिकाश प्रबर्धनमा रा. प्र. काले सबै खाले सहयोग गर्दै आएको र निरन्तर सहयोग सहकार्य गर्दै अगाडि बढने बिश्बास व्यक्त गर्नुभयो। कार्यक्रमामा कोभिड १९ को महामारीमा अहोरात्र खटिनुभएका ललितपुर महानगरपालिका भित्रको १५० जना स्काउट स्यम्सेवकहरुलाई नेपाल स्काउट रा. प्र.काको निणर्य बमोजिम कोभिड १९ स्यम्सेवक पदक बितरणको कार्यक्रम पनि भएको थियो। कार्यक्रममा पदक वितरण गर्दै ललितपुर महानगरपालिका पुर्व उप प्रमुख श्री गिता सत्यालले स्थानीय स्काउट कार्यालयको यो कार्यक्रमले समग्र युवा तथा खेलाडिलाई सम्मान हौसला प्रदान गरेको बताउनुभयो । ललितपुर महानगरपालिकाले बिगतमा पनि स्काउट सगँ सहकार्य गरि काम गरिरहेका र अहिले पनि विपद व्यवस्थापन लगाएतका काममा हातेमालो गर्दै अगाढि बढेको बताउनुभयो ।सम्मानित हुने सम्पुणर् स्काउटर तथा खेलाडिलाई बधाई दिदै स्थानीय स्काउट कार्यालयका संयोजक श्री गोपाल महर्जनले सम्पूणर् अतिथि लाई मायाको चिनो प्रदान गर्नुभयो र कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रममा २०० जना भन्दा बढि महानुभावहरुको उपस्थिति रहेको थियो ।

Province BTC PTC 2079

1July, 2022

नेपाल स्काउट प्रदेश  स्काउट कार्यालय बागमतीको आयोजनामा ४९८औ र ४९९औ बि टी सि र ३६५ औ आधारभुत स्काउट तालीम सम्पन्न भएको छ। बागमती प्रदेश  भित्रका बिभिन्न  बिद्यालयहरु तथा  स्थानीय पालिकाका संयोजकहरुको सहभागि हुने गरी तालीम सम्पन्न भएको छ। अषाढ १० गते बाट शुरु भएको तालिम अषाढ १५ गते सम्मन चलेको थियो। उक्त तालिम हेटौडा ६, गौरिटार रंगासाल स्थित प्रदेश खेलकुद परिषदको सहयोगमा संचालन भएको थियो जस्मा ७४ जना सहभागि रहेका थिय | तालिमको कोर्स लिडर श्री बेली थापा, श्री जनार्धन ढकाल र श्री शिव कुमार त्वयना रहनु भएको थियो | तालिमको उद्घाटन प्रदेश खेलकुदका सदश्य सचिब श्री सुर्य बहादुर भण्डारीज्यु बाट भएको थियो |

तालिमको अन्तिम दिन अषाढ १५ गते बागमती प्रदेश स्काउटका सम्रक्ष्यक् तथा बागमती प्रदेशको मुख्य मन्त्रि माननीय श्री राजेन्द्र पाण्डे ज्यु र बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रि माननीय श्री रत्न प्रशाद ढकाल ज्युहरुको दिक्षान्त तथा गोपनियताको सपथ नेपाल स्काउटको राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी ज्युले गराउनु भएको थियो | उक्त समापन समारोह मा बागमती प्रदेशका मुख्य मन्त्रि श्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका खेलकुद मन्त्रि श्री रत्न प्रशाद ढकाल, नेपाल स्काउट राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी, बागमती प्रदेश संयोजक श्री शिवराम अर्याल, बागमती प्रदेश खेलकुद विकास परिसरका सदश्य सचिब श्री सुर्य बहादुर भण्डारी, बागमती प्रदेशका पुर्ब संयोजक श्री केश रत्न बज्राचार्य तथा अन्य स्काउटरहरुको सहभागीता रहेको थियो |

विद्यार्थीहरुलाई साहसिक गतिविधि सिकाएर मनाइँदै गोदावरी स्तरीय स्काउट शिविर क्याम्प

12June, 2022

विद्यार्थीलाई साहसिक गतिविधि सिकाउने उद्देश्यसहित ललितपुरको गोदावरी नगरपालिकाले तीनदिने स्काउट शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। शुक्रबारदेखि सुरु भएको स्काउट शिविर कार्यक्रममा नगरभित्र रहेका सामुदायिक विद्यालयका दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर आयोजना गरेको हो। हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको थियो। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए। उक्त क्याम्पको चिफ़ श्री नरेश महर्जन रहनुभएको थियो |

उनका अनुसार सामुदायिक विद्यालयलाई लक्षित गरेर पहिलोपटक नगरपालिकाले उक्त शिविर आयोजना गरेको हो। शिविरमा कक्षा १० सम्म पढ्ने विद्यार्थीको सहभागिता रहेको थियो। शिविरमा सहभागी विद्यार्थीलाई स्काउटसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञानसहित साहसिक गतिविधिबारे प्रशिक्षण आयोजना गरिएको स्काउटका नगर संयोजक दीपक अर्यालले जानकारी दिए।

उनका अनुसार तालिमको पहिलो दिन विद्यार्थीलाई रोभर रेन्जरसँगसँगै स्काउट मास्टरले व्यावहारिक ज्ञान पनि दिएका थिए। दोस्रो दिन थप नयाँ गतिविधिमा अभ्यास गराइएको छ। प्रशिक्षण बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुँदै आएको छ। शिविरको अन्तिम दिन शनिबार सहभागी विद्यार्थीलाई सम्मानपत्र वितरणपछि केही समय हाईकिङमा लगिनेछ।

‘शिविरमा सहभागी स्काउटलाई घर, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध हुने गरी प्रशिक्षण दिइरहेका छौँ,’ संयोजक अर्यालले भने, ‘भोलिका दिनमा आपत्-विपत् पर्‍यो भने पनि उद्धारका लागि नयाँ जनशक्ति चाहिन्छ।’ उनका अनुसार तीनदिने प्रशिक्षण तथा शिविरका क्रममा साहसिक गतिविधिहरूमा पनि विद्यार्थीलाई अभ्यास गराइएको छ । उक्त क्याम्प सफलताका साथ समापन गर्नुहुने गोदावरी नगर कमिटि परिवारलाई बागमती प्रदेश परिवारको तर्फ बाट हार्दिक बधाई तथा धन्यबाद दिन्छौ | #NepalScouts

Src: Naya Patrika

Scout BTC PTC Training Kathmandu 2079 Jestha

6June, 2022

काठमाडौ महानगरपालिका शिक्षा बिभागको आयोजना र नेपाल स्काउट, बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित स्काउट आधारभूत तालिम (४८८औ ४८९औ बि टि सी र ३५७औ ३५८औ स्काउट पि टि सी) तालिम २०७९/०२/२३ गते सोमबार समापन भएको छ| उक्त समापन कार्यमा नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा नेपाल स्काउटका निर्देशक ज्युहरुको उपस्थिति रहेको थियो |

BTC PTC Kathmandu Metropolitian 2079

2June, 2022

२०७९ जेठ १८ गते काठमाडौ महानगरपालिका शिक्षा बिभागको आयोजना र नेपाल स्काउट,बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित स्काउट आधारभूत तालिम (४८८औ ४८९औ बि टि सी र ३५७औ ३५८औ स्काउट पि टि सी) तालिम २०७९ जेठ १८ गतेदेखि २०७९ जेठ २३ सम्म नेपाल स्काउट अन्तराष्ट्रिय स्काउट केन्द्र,ककनी नुवाकोटमा सञ्चालन भइरहेको छ । सो तालिमको उदघाट्न समारोहका प्रमुख अतिथि बागमती प्रदेशका संयोजक श्री शिवराम अर्याल र काठमाडौ महानगरपालिका स्थानीय स्काउट संयोजक बिमला श्रेष्ठद्धारा सयुक्त रुपमा झण्डोत्तोलन गरि तालिमको उद्घाटन गर्नुभएको थियो , सो तालिममा काठमाडौ महानगरपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयका ८९ जना शिक्षक र शिक्षिकाहरुको सहभागिता रहेको छ उक्त पहिलो दिनको तालिम उद्घाटन समारोहमा शिक्षा बिभागका प्रमुख एवम् स्थानीय स्काउट कार्यालयका सदस्य सचिव श्री राम प्रसाद सुवेदी ज्यू ले तालिमको सहभागितालाई सफलताको शुभकामना ब्यक्त गर्नु हुदै स्काउटको संगठनात्मक बिकासको लागि शिक्षा बिभाग काठमाडौ महानगरपालिकाको तर्फबाट यथेष्ठ सहयोग रहिरहने छ भन्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो तालिममा चारवटा कोर्ष सञ्चालन भइरहेको छ तालिमका कोर्ष लिडरहरु क्रमश बिमला श्रेष्ठ,लिला श्रेष्ठ,सुरज खनाल र कृष्ण चालिसे रहनु भएको छ ।

Psychological Training Camp Bhimphedi 2079

29May, 2022

On Jestha 14th and 15th Bhimphedi Scouts Committee conducted 2 days camp where 38 Rover and Rangers Participated from Makwanpur in collaboration with कोसिश नेपाल.

Nagarjun BTC/PTC Training

10May, 2022

नेपाल स्कउट, स्थानीय स्काउट कार्यालय, नागार्जुन नगरपालिकाको आयोजनामा  जम्मा ४१ जना सहभागि सहित मिति २०७९/0१/२० देखि २०७९/०१/२५ सम्म ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोटमा ५ रात ६ दिने स्काउट आधारभुत तालिम पुरुष तर्फ ४८७ औं र  महिला तर्फ ३५६ औं कोर्ष संचालन भयो। उक्त तालिमका कोर्ष लिडर श्री सुरज खनाल र ३५६ औं तर्फका कोर्ष लिडर श्री लिला श्रेष्ठ  थिए।

बि टि सी पी टि सी तालिम सम्पन्न (ललितपुर)

20April, 2022

नेपाल स्कउट, स्थानीय स्काउट कार्यालय, ललितपुर महानगरपालिकाको आयोजनामा ६ वटै पालिकाबाट जम्मा ९४ जना सहभागि सहित मिति २०७८ १२ १७ देखि २०७८ १२ २२ सम्म ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोटमा ५ रात ६ दिने स्काउट आधारभुत तालिम पुरुष तर्फ ४८० औं र ४८१ महिला तर्फ ३५२ र ३५३ औं कोर्ष संचालन भयो। उक्त तालिममा ४८० औं का कोर्ष लिडर श्री सत्य नारायण साही ४८१ औैं का कोर्ष लिडर श्री शरण मर्हजन र ३५२ औं तर्फका कोर्ष लिडर श्री बिजयश्वरी अमात्य र ३५३ औं का कोर्ष लिडर श्री शुशिला कुमारी बिष्ठ थिए। बि टि सि तर्फ काउन्सिलरहरु श्री पपिन्द्रमान सिं, श्री नरेश अवाले, श्री सुरोज मर्हजन, श्री जुलन लामा श्री नेमा सिं लामा र श्री रबिन मर्हजन थिए भने पि टि सि तर्फ श्री सबुता मर्हजन, श्री रोजिना साही, श्री सोनाम शाक्य, श्री शान्ती कुमारी मर्हजन र श्री बिष्णु देवी मर्हजन थिए। त्यस्तै कार्यक्रमको ब्यबस्थापनमा श्री बिकेन्द्र मर्हजन, क्वाटर मास्टरमा श्री रेशम लामा थिए।

बागमती प्रदेश संयोजक श्री केशरत्न बज्राचार्यज्युबाट भएको समापन कार्यक्रममा प्रदेश सदस्य श्री शिवराम अर्याल, महानगरपालिकाका निमित्त संयोजक श्री श्याम कुमार मर्हजन र सम्पुर्ण कार्यसमिति तथा पालिका प्रतिनिधिहरुको उपस्थितिमा भएको थियो।

Nepal Election 2079

13April, 2022

As on 30th Baisakh, 2079 Local Level Election took place where Scouts volunteers were mobilized to assist in the Event.

चाँगुनारायण नगरपालिकामा वि.टी.सी/पी.टी.सी तालिम सम्पन्न

19March, 2022

चाँगुनारायण नगरपालिका भक्तपुरमा फागुन २९ गते देखि सुरु भएकाे ४७७ औँ वि. टी .सी र ३४९ औँ पी.टी. सी स्काउट तालिम चैत ४ गते सम्पन्न भएकाे छ। उक्त तालिममा, ४०(२० पुरुष/२० महिला) जनाको सहभागिता रहेको थियो। (more…)

One Day Disaster Management Demonstration

15March, 2022

Om Shanti Scout Troop ( Bharatpur-10,Chitwan) in Cordination with Chitwan Smart Scout Crew ( Bharatpur:- 09 ) has successfully completed one day Disaster Management Demonstration Program on Falgun 28 , 2078 BS . Demonstration is facilited by Sri No.2 Disaster Management Battalion, Rasauli, Chitwan under Gandpati Pramukh Senani Man Bahadur Lama and Scout Rope Donation Program at Goshwara Basic Level School .

There were Total 138 Scouts i.e. 93 boy scout and 45 girl scouts.
Management is done by 9 Members of Chitwan Smart Scout Crew which was lead By Rover Leader Aakash Neupane with the Assistance of Scouter / Rover Leader Saugat Thapa Magar , Rover STM Bishan Thapa Magar , Rover Kushal Neupane , Rover Bikal Rai , Ranger Sujina Soti Magar , Ranger Sneha Pandey , Ranger Smiriti Kandel Ranger Kriti Kandel .
Head Observer of the Program is Alt. Janardhan Dhakal (Scout Teacher of OSA ) along with Coordinator of Bharatpur Scout Shiva Prasad Baral , Principal of OSA Mr.Tek Bahadur Shrestha , Vice Principal of OSA Mr.Rajib Chalise ,Chairman of OSA School management Committee Mr.Lalkrishna Lamichane, Rover Leader of CSSC and Scouter of First Bayerghari Scout Troop Surya Prakash Tiwari , Scouter of Gurukul School Ashok Dhakal , Scouter Deepa Kandel and Scouter Binu Chalise .
For the first-aid and other Health care of all Scouts Mr.Bishow Ratna Ghimere (Retd.Health Officer , Govermental Health Sector) was also present there .

बाह्रविसेको बुदेपामा आत्मरक्षा तालिम सम्पन

10March, 2022

महाशिवरात्री मेला २०७८ तयारी बैठक

20February, 2022

नेपाल स्काउट बागमती प्रदेशको अग्रसरतामा आज मिति २०७८ फाल्गुण ८ गते नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालय लैनचौरमा महाशिवरात्री मेला २०७८ तयारी बैठक सम्पन्न भएको छ।
बागमती प्रदेश संयोजक श्री केशरत्न बज्राचार्यज्यूको अध्यक्षतामा बसेको उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीज्युले मेला व्यवस्थापनमा नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

SMS Reinforcement

16February, 2022

ललितपुर महानगर द्वारा एस एम एस Behavior Reinforcement र कोभिड-१९ सचेतना कार्याक्रम सुरु। ललितपुर महानगरका सबै मुख्य चोक तथा सबै वडाहरु मा एक हप्ता सम्म हुने कार्यक्रम “हाम्रो सानो प्रयास – नेपाल ” सहकार्य मा हुनेछ् |

Surf Smart 2.0

16February, 2022

Surf Smart 2.0 has been successfully conducted in Bagmati Province. With the purpose of need for digital literacy , 35 participants altogether form Bagmati province had participated in the TOT session.
Province Coordinator Mr. Keshratna Bajracharya highlighted the need of digital awareness and creating digital generation in these days.Similarly, other board members,Province staffs and scouters facilitate the session.

सपथ ग्रहण कार्यक्रम

27September, 2021

आज मिति २०७८/६/११ का दिन बागमती प्रदेश सरकारका माननीय मुख्यमंत्री एबम् प्रदेश स्काउट संरक्षक ,माननीय श्री सामाजिक विकास मन्त्री एबम् प्रदेश प्रमुख स्काउट ,हेटौडा उपमहानगरपालिका नगर प्रमुख एबम् स्थानीय संरक्षक, उपप्रमुख एबम् स्थानीय प्रमुख स्काउट , पालिका संयोजक र सदस्यहरुको दीक्षान्त तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा माननीय मुख्यमंत्री एबम् सचेतक ज्यूहरुले स्काउट विकास र विस्तारको लागि प्रतिबद्धता जनाउनुका साथै निर्देशनात्मक भनाइ ब्यक्त गर्नु भएको थियो।